स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन:

एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा कुराकानी गर्दै छौ| बिकाश संगको बिसौनीमा सानो भाई सुबिन सुबेदी न्यु योर्क बसाई,नेपालको सम्झना र भविष्यको बारेमा भलाकुसारी गर्दै छन्| सृजनाका स्वरहरुमा लेखक मन्जुश्री थापा आफ्नो लेखन यात्रा,र उहाले लेख्नु भएको स्वर्गीय बातावरणविद डा चन्द्र गुरुंगको जीवनी "A Boy From Silkes" र यसको नेपाली अनुबाद "सिक्लेसको ठिटो"को बारेमा सुनाउदै हुनुहुन्छा|सिक्लेसको ठिटोको अनुबाद पत्रकार दीपक अधिकारीले गर्नु भएको हो|यो पुस्तक अनलाईन बाट खरिद गर्न यो लिंकमा जान सक्नु हुन्छ|

साथमा हुने छ सामुदायिक गतिबिधिका खबर र सुन्ने छौ निरा रानाभाट र नबिन भट्टराई को स्वरमा रहेको केहि गीतहरु कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com

-- Happy Listening! Sahadev Poudel Producer/Creator Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Podden och tillhörande omslagsbild på den här sidan tillhör Himali Sworharu. Innehållet i podden är skapat av Himali Sworharu och inte av, eller tillsammans med, Poddtoppen.